चिसापानीमा वृक्षारोपण

  ।   २७ असार २०८३, शनिबार १०:३८

सुदुरपश्सचिम प्रदेशको प्रवेशद्रोरको रुपमा रहेको लम्की चुहा नगरपालिका ३ कर्णाली चिसापानीमा वृक्षारोपण कार्यक्रम गरिएको छ |
लम्की चुहा नगरपालिका ३ को वडाले छुट्याएको उक्त बजेटले पुर्व पश्चिम राजमार्गको बिचमा रहेको भागमा पोल जालीको ब्यबस्थापन गरि  विभिन्न जातिका ५५ जति बोट बिरुवा र फुलहरुका बिरुवाहरु रोपिएको हो |

यो वृक्षारोपण कार्यक्रमले सडक मात्र होइन यो बजारको नि सुन्दरता बढाउने छ यहा घुम्न आउने आन्तरिक तथा वाइए पर्यटक हरुको लागि पनि आकर्सनको केन्द्र बिन्दु बन्न सक्ने स्थानिएहरुले बताएका छन् |

लम्कीचुहा नगरपालिका वडा न. ३ को आयोजनाको अवृक्षारोपण कार्यक्रममा लम्की चुहा नगरपालिका वडा न ३ का वडा अध्यक्ष् लब बहादुर शाही इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी निरिक्षक मिरा खड्का गोरुंगे सशस्त्र प्रहरी बल र स्थानीयहरुको सहभागितामा  वृक्षारोपण गरिएको हो |

Next Post

फेरि विस्थापित भए सुकुमबासी

२७ असार २०८३, शनिबार १०:३८
काठमाडौंको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित ‘राधास्वामी सुकुमबासी होल्डिङ सेन्टर’ बाढीका कारण जलमग्न छ। गएराति बागमती नदीमा पानीको बहाव बढेर सरकारी होल्डिङ सेन्टरमै बाढी पसेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीहरूलाई मध्यरातमा उद्धार गरिएको छ। बाढीबाट जोगाउने भन्दै सरकारले नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर उनीहरूलाई यस सेन्टरमा सारेको थियो। तर, सुरक्षित भनिएको स्थानमै […]