नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

  ।   ३० असार २०८३, मंगलवार ११:०२

विरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार नागढुङ्गा हुँदै उपत्यकाबाट बाहिरिने सडकखण्डमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमन रोकिएको छ ।

सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै फर्पिङ–दक्षिणकाली–मकवानपुर सडकमा पनि सवारी आवागमनमा रोक लगाइएको छ । कुनै समस्या परेमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।

केहीबेरअघि मात्रै नारायणगढ मुग्लिन सडकखण्डको तुइन खोलामा ढुङ्गा खस्न थालेको र सेती दोभानमा लेदो खस्न थालेकाले दुइतर्फी सडक आवागमन बन्द भएको छ । अहिले पनि देशका धेरै स्थानमा वर्षा भइरहेको छ । जसका कारण जनजीवन प्रभावित भएको छ ।

रातोपाटि बाट साभार

Next Post

फ्रान्सलाई पन्छाउँदै स्पेन फाइनलमा

३० असार २०८३, मंगलवार ११:०२
फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइन खेलमा युरोपेली महारथी स्पेनले दाबेदार फ्रान्सलाई पन्छाउँदै स्पेन विश्वकप २०२६ को फाइनलमा पुगेको छ । स्पेनले बुधबार डालासको एटी एन्ड टी रंगशालामा पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० गोलले पराजित गरेको हो । मिकेल ओयारजबलको पेनाल्टी गोलमा स्पेनले विश्वकप फुटबलको सेमिफाइनलमा फ्रान्सविरुद्ध मध्यान्तरमा १–० को अग्रता […]