फ्रान्सलाई पन्छाउँदै स्पेन फाइनलमा

  ।   ३१ असार २०८३, बुधबार ०३:२८

फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइन खेलमा युरोपेली महारथी स्पेनले दाबेदार फ्रान्सलाई पन्छाउँदै स्पेन विश्वकप २०२६ को फाइनलमा पुगेको छ । स्पेनले बुधबार डालासको एटी एन्ड टी रंगशालामा पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० गोलले पराजित गरेको हो ।

मिकेल ओयारजबलको पेनाल्टी गोलमा स्पेनले विश्वकप फुटबलको सेमिफाइनलमा फ्रान्सविरुद्ध मध्यान्तरमा १–० को अग्रता लियो । डानी ओल्मोसँगको वान टच पासलाई अगाडि बढाउँदै स्पेनबाट पेड्रो पोरोले ५८ औं मिनेटमा दोस्रो गोल गर्दै स्पेनले २–० गोलले दाबेदार फ्रान्सलाई स्तब्ध पारेको हो ।

 

 

Next Post

सुर्खेतमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

३१ असार २०८३, बुधबार ०३:२८
सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७ मिलनचोकका ३६ वर्षीय दीपक बहादुर शाही रहेका छन्। प्रहरीका अनुसार विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत र नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले मिलनचोकस्थित सडक खण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका शाहीलाई नियन्त्रणमा लिएर […]