दैलेखको ठाटीकाँध गाँउपालिका ५ का शेर बहादुर भण्डारी र दुर्गा भण्डारीको घरको आगन पैरोले लिदा तिनटा घर जोखिममा रहेका छन् ।
ठाटीकाँध गाँउपालिका ५ को भण्डरी टोलमा २०८३ साउन ३१ गते बिहान गएको पहिरोको कारण उक्त टोलका केहि घरहरू उच्च जोखिममा रहेका छन भने कठायत टोलको खानेपानीको लाइन र सिँचाइको नहर पूर्ण रूपमा अवरुद्ध भएको स्थानीय रमेश बि क तमट्टाले कर्णाली प्लसलाइ बताए ।
सुतिरहेको अबस्थामा रातिको तिन बजेतिर बाट पैरो बग्न सुरु गरेको बिहाना साडी दश बजेसम्म बग्दै गरेको पिडित शेर बहादर भण्डारीले बताए । सात जाना घरपरिवार २२ वटा चौपायाहरू अहिले बिचल्लीमा परेको उनले बताए । आफ्नो सात जनाको परिवार अहिले छिमेकी क्रिपा भण्डारीको घरमा बसिरहेको भन्दै अहिले सम्म सम्बन्धित निकाएले कुनैपनि चासो नदेखाएको उनले दुखेसो पोखेका छन् । घरको चाली पचास मिटर माथिबाट चर्केको हुनाले बस्तिनै जोखिममा रहेको र कति खेर घर जानेहुन आफुलाई चिन्ता लागेको उनले बताए ।
प्रहरी आएर गयो जोखिमा रहेको भनेर पनि मुचुल्का बनाएन की पुरै गए बनाउला दुइचार दिन रोकौ एडी पुरै नगए पछी त्यहि किसिमले मुचुल्का बनाउला भनेर गए उनले भने ।
घरका लत्ताकपडा अनाजपानी भाडाकुडा अर्काको घरमा राख्न नै समस्या भएको भन्दै पिडित भण्डारीले सहयोगी सम्बन्धित सघ सस्थालाई सहयोगको लागि अपिल गरेका छन् ।
उता वडा सदस्य पदम बहादुर थापाले पुलिस प्रशासन सबैतिर पहल कदमी गरि रहेको भन्दै सहयोगको लागि सबैको खाचो रहेको बताए ।
सम्बन्धित सरोकारवालाको यथाशीघ्र ध्यानाकर्षण होस्। जोखिममा रहेका बस्तीको तत्काल व्यवस्थापन तथा अवरुद्ध खानेपानी र सिँचाइको पुनः सञ्चालनका लागि आवश्यक पहल गरी थप धनजनको क्षति हुनबाट जोगाउन सम्बन्धित निकाय यथाशीघ्र ध्यानाकर्षण हुन् जरुरि देखिन्छ र जावस भन्न चाहान्छु ।

