भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ३३२ पुग्यो

  ।   ११ भाद्र २०८३, बिहीबार १९:२५

बुधवार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ३३२ पुगेको छ।

नेपाल प्रहरीले बिहीबार दिउँसो ३:५० बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ३३२ जनाको शव फेला परेको पुष्टि भएको हो।

यसअघि दिउँसो २:३० बजे सार्वजनिक गरिएको विवरणमा मृतकको संख्या २८९ रहेको थियो। खोजी कार्य तीव्र पारिएसँगै नदी तटीय क्षेत्रहरूबाट थप शवहरू फेला परेपछि मृतकको संख्या ह्वात्तै बढेको हो।

फेला परेका शवहरूको पहिचान खुलाउने र आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले प्रभावित क्षेत्र तथा तल्लो तटीय नदी किनारहरूमा खोजी तथा उद्धार कार्यलाई निरन्तर जारी राखेका छन्।

Next Post

युवाद्वारा अलपत्र यात्रुलाई निःशुलका भोजन

११ भाद्र २०८३, बिहीबार १९:२५
पृथ्वी राजमार्गमा यातायातका साधन रोकिँदा अलपत्र परेका यात्रुहरूका लागि गजुरीका युवाहरूले निःशुल्क भोजनको व्यवस्था गरेका छन् । राजमार्गमा रोकिएका यात्रुहरूलाई लक्षित गरी युवाहरूले आज बिहान गजुरी बिगमार्टको प्राङ्गणमा निःशुल्क भोजन गराएका छन् । बिहानको भोजनमा २६० जनाभन्दा बढी यात्रु सहभागी भएको मिलन डल्लाकोटीले जानकारी दिए । आज पनि पृथ्वी राजमार्ग […]