निर्वाचन गराउन असफल भएपछि पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको राजीनामा

  ।   २४ भाद्र २०८१, सोमबार १५:४९

भदौ-२४, काठमाडौ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन् ।

पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखेपनि विवाद हल भएपछि मात्रै नामवली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुले भनेका थिए ।

नामावली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने स्थिति बनेको छ । यसैका कारण अध्यक्ष पोखरेलको राजीनामा आएको स्रोतको दाबी छ ।

पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिएको हो । महासंघ केन्द्रले असोज ५ लाई नयाँ निर्वाचनको मिति तोकेको थियोे । असोज ५ सहित हालसम्म तीन पटक निर्वाचनको मिति तोकिसकिएको छ । #नेपालप्रेसबाट साभार ।

Next Post

चेक बाउन्सका सबै मुद्दा अब सरकारवादी

२४ भाद्र २०८१, सोमबार १५:४९
बैंकिङ कसुर विधेयक अर्थ समितिबाट संशोधनसहित पारित भदौ-२५, काठमाडौ । चेक बाउन्ससँग सम्बन्धित सबै मुद्दा अब सरकारीवादी हुने भएका छन् । अहिले चेक अनादर (चेक बाउन्स) सँग सम्बन्धित केही मुद्दा सरकारवादी र केही फौजदारी रूपमा चल्दै आएका थिए । ‘बैंकिङ कसुर तथा सजाय ऐन, ०६४ लाई संशोधन गर्न बनेको विधेयक, ०८०’ प्रस्तावित […]