
पौष २२, सुर्खेत ।
कर्णाली प्रदेश सुर्खेतमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार गुर्भाकोट नगरपालिका ८, की ७४ वर्षीया बृद्धाको मृत्यु भएको हो ।
पुस १२ गते ज्वरो आउने बिरामी भएपछि उनलाई कर्णाली प्रदेश अस्पताल कालागाउँमा पुर्याइएको थियो । सोही दिन कोरोना भाइरस परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । त्यसयता अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको थियो ।
उपचारकै क्रममा उनको बुधबार दिउँसो मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाका शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिएका छन् । कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृतक हुनेको संख्या २८ पुगेको छ ।


