ट्रम्पलाई महाअभियोग लगाउने अन्तिम तयारी

  ।   २७ पुष २०७७, सोमबार ०९:३२

एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी भएको छ । तल्लो सदनमा बहुमत रहेको डेमोक्र्याटिक पार्टीका सांसदको अगुवाईमा ट्रम्पविरुद्ध उक्त तयारी भएको हो । सभामुख न्यान्सी पेलोसीले संविधानको २५औँ संशोधनलाई सक्रिय बनाएर ट्रम्पलाई सत्ताच्युत गर्न उपराष्ट्रपति माइक पेन्सलाई अपिल गर्ने र सो अनुसार नभएमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको सिएनएनले जनाएको छ । २५औँ संशोधन सक्रिय बनाउने अपिलबारे उपराष्ट्रपति पेन्सले २४ घण्टाभित्र जवाफ दिनुपर्ने दबाब छ ।

अहिलेसम्मका रिपोर्टिङ्गहरुमा पेन्स २५ औँ संशोधन सक्रिय पार्ने पक्षमा नदेखिए पनि उनले २५ औँ संशोधनको विकल्पलाई पूर्ण रुपमा बन्द भने नगरेको सिएनएनका चिफ ह्वाइट हाउस रिपोर्टर जिम एकोस्टाले बताए ।

पेन्सको जवाफ सोचेजस्तो नआएमा मंगलबार तल्लो सदनमा महाअभियोग प्रस्तावमाथि मतदान गर्ने तयारी भएको छ । डेमोक्र्याटहरुले संसद भवनमा गएको बुधबार भएको हिंसात्मक आक्रमण तथा विद्रोहका लागि उक्साएको अभियोग लगाउने तयारी गरेका छन् ।

Next Post

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

२७ पुष २०७७, सोमबार ०९:३२
२९ पुस, काठमाडौं । विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरी उच्च स्रोतले बतायो । उनी बिप्लव समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् । बाँस्तोलासँगै उक्त समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निकट नेता विवेक कुमाल […]