विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

  ।   २९ पुष २०७७, बुधबार १७:००

२९ पुस, काठमाडौं ।

विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरी उच्च स्रोतले बतायो ।

उनी बिप्लव समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् ।

बाँस्तोलासँगै उक्त समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निकट नेता विवेक कुमाल पनि पक्राउ परेका छन् ।

Next Post

दुर्घटनामा एक जनाको मृत्यु

२९ पुष २०७७, बुधबार १७:००
मनोज डाँगी पुस २९, सल्यान । सल्यानमा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारको एक जनाको मृत्यु भएको छ । सल्यान जिल्लाको शारदा नगरपालिका-६, बरला बजार नजिकै भएको दुर्घटनामा शारदा नगरपालिका-६, बरलाका ३० वर्षीय विरेन्द्र भण्डारीको निधन भएको हो । ढोरचौरबाट श्रीनगर आउँदै गरेको ना ३ ख ९६४३ नम्बरको बसले […]