रसुवा जिल्लामा बुधबार आएको बाढीमा परी कर्णाली प्रदेशका १३४ जना सम्पर्कविहीन रहेका छन् ।
रोजगारीको सिलसिलामा रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्र पुगेका कर्णाली प्रदेशका १० जिल्लाका १३४ जना सम्पर्कविहीन रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरले बताए ।
प्रबक्ता राठौरका अनुसार, सम्पर्कविहीन हुनेमा १०८ जना पुरुष, १७ जना महिला, ६ जना बालक र ३ जना बालिका रहेका छन् । १० जिल्लामध्ये सबैभन्दा धेरै ४९ जना सल्यानका सम्पर्कविहीन छन् उनले भने ।
यस्तै, जुम्लाका ३१, हुम्लाखका १२, डोल्पाका २, मुगुका १२, कालिकोटका ५, सुर्खेतका ११, दैलेखका ५ र जाजरकोटका ३ जना बाढीमा सम्पर्कविहीन बनेका छन् । यस्तै, रुकुम पश्चिमका ४ जना बेपत्ता भएका छन् । परिवार तथा आफन्तले सम्बन्धित जिल्ला प्रहरी तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्कविहीन बनेका व्यक्तिकोबारे खोजी कार्य गरिदिन आग्रहसहित नाम टिकाएका हुन् ।
‘
