सुर्खेतमा हनीट्रयाप : सहमतिमा यौन सम्बन्ध, रकम अशुल्न बलात्कारमा फसाईदिने भनेपछि परिन पक्राउ

  ।   ६ श्रावण २०८२, मंगलवार २०:२६

साउन-६, सुर्खेत ।

‘हनी ट्रयाप’मा पारी पैसा असुली गर्न खोज्ने एक जना युवतिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले मंगलबार दैलेखको नौमुले गाउँपालिका–८ घर भई वीरेन्द्रनगर बस्ने २१ वर्षिया सिन्दु चन्दलाई पक्राउ गरेको हो।

२०८१ भदौमा एक पुरूषसँग सहमतिमा भएको यौन सम्बन्धलाई बलात्कार मुद्दामा फसाईदिने भन्दै सिन्दुले ‘हनी ट्रयाप’मा पैसा असुली गरेको आरोप लागेको छ। ती पुरूषकाे जाहेरीका आधारमा चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

गत भदौमा वीरेन्द्रनगरमा रहेकाे बुलबुले भ्यू होटलमा सिन्दुले आफैं ति पुरूषलाइ बोलाएकी थिईन्। सोही होटलमा दुई जनाबीच सहमतिमा यौन सम्बन्ध भएको प्रहरीले जनाएको छ ।

उक्त सम्बन्धको फोटो तथा भिडियो सामाजिक सञ्जालमा राखेर बलात्कार मुद्दामा फसाउने भन्दै सिन्दुले ति पुरूषसँग १४ लाख २५ हजार रुपैयाँ असुली गरेको जाहेरी परेको छ।

उक्त रकम उनले फरक-फरक मितिमा पीडितबाट लिएकी थिईन्। पक्राउ परेकी सिन्दुलाई हनी ट्रयापमा पारी पीडितबाट आर्थिक लाभ लिएको कसुरमा प्रहरीको हिरासतमा राखेर अनुसन्धान भईरहेको डिएसपी बुढथापाले जानकारी दिए। @साभार नेपालकर्मडटकमबाट

Next Post

भक्तपुरमा दुई बालिका झुन्डिएको अवस्थामा मृत फेला

६ श्रावण २०८२, मंगलवार २०:२६
साउन-८, काठमाडौ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडेमा दुई बालिका झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । आज विहान ६ः४५ बजे बोडे सिन्टिटार स्थितमा इट्टा र फलामले बनेको २ तले घरको भुईँ तलामा डेरा गरी बस्ने जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भएकी १७ वर्षीय मेनुका कँडेल र उनकी बहिनी १५ […]