
साउन-८, काठमाडौ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडेमा दुई बालिका झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
आज विहान ६ः४५ बजे बोडे सिन्टिटार स्थितमा इट्टा र फलामले बनेको २ तले घरको भुईँ तलामा डेरा गरी बस्ने जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भएकी १७ वर्षीय मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीय सृजना कँडेल डेरामै मृत फेला परेका हुन् ।
उनीहरू प्यासेजमा रहेको फलामको डन्डीमा नाइलनको डोरी घाँटीमा पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।
घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई थप अनुसन्धान कार्य भइरहेको छ ।

