सुर्खेत मालपोत प्रकरण : सन्तोष ठाकुरसहित तीन जना कारागार चलान

  ।   १३ कार्तिक २०७८, शनिबार ०९:०१

कार्तिक १३, सुर्खेत ।

एउटा व्यक्तिको जग्गालाई अर्कैलाई बेच्ने तीन जनालाई उच्च अदालत सुर्खेतले कारागार चलान गर्न आदेश दिएको छ।

सुर्खेतको वीरेन्द्रनगरमा रहेको सौगात रावतको जग्गाधनीलाई थाहा नदिएर अर्कैको नाममा बेच्ने सन्तोष ठाकुरसहित तीन जनालाई कारागार चलान गरिएको हो।

उच्च अदालतका न्यायाधीश राजेन्द्र सुवेदी र राजेश्वर तिवारीको बिहीबारको संयुक्त इजलासले वीरेन्द्रनगर-२ भुरेलीका ठाकुरसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

कारागार चलान गरिएका अरू दुई जना ठाकुरसँग सोही जग्गा प्रकरणमा संलग्न वीरेन्द्रनगर-५ का निर्मल पुरी र वीरेन्द्रनगर-२ का गोर्खबहादुर भन्ने गणेश बुढा छन्।

उनीहरूले जग्गा मालिक सौगात रावतको सहीछाप गरी उनको जग्गा अर्कैलाई बेचेका थिए। रावतको उक्त सहीछाप विधि विज्ञान प्रयोगशालाबाट नमिलेको प्रमाणित भएको थियो।

यसअघि वैशाख १६ गते उनीहरूलाई सुर्खेत जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको थियो। जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै पीडित पक्षले उच्च अदालतमा पुनरावेदन गरेका थिए।

ठाकुरबाट ५ लाख, पुरी र बुढाबाट ३ लाख रुपैयाँ धरौटी तोकिएको थियो।

उच्च अदालतले उक्त आदेशलाई बदर गरी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

रावतको नाममा दर्ता भएको भएको वीरेन्द्रनगर-१२ रहेको कित्ता नं ३१११ को जग्गामध्ये २०७७ असार १० गतेपछि ६ कित्तामा अर्कैको नाममा नामसारी गरेको खुलेको थियो।

२०७७ पुस २९ गते जग्गाको नक्सा निकाल्ने क्रममा रावतका नामको कित्ता नम्बर नभेटिएपछि जग्गा अर्कैको नाममा नामसारी भएको खुलेको हो।

ठाकुरसहितले सहवीर कार्कीको नाममा राजीनामा लिखित पारित गरी लिएपछि मालपोतका कर्मचारीसहित यो प्रकरणमा मुछिएका थिए। साभार : dullukhabar.com

Next Post

लागुऔषध सहित दैलेखमा दुई जना पक्राउ

१३ कार्तिक २०७८, शनिबार ०९:०१
मङ्सिर २३, दैलेख /दैलेखमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । जिल्लाकाे नारायण नगरपालिका-९ साँडुका २५ बर्षिय टोपेन्द्र रावत र भगवतिमाई गाउँपालिका -१ बस्ने बिनय थापा पक्राउ परेकाे दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वर प्रसाद शाहले बताए । लागुऔषधसहित पक्राउ परेका विनय थापा जिल्लाकाे भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाका छाेरा […]

सम्बन्धित