लागुऔषध सहित दैलेखमा दुई जना पक्राउ

  ।   २४ मंसिर २०७८, शुक्रबार ०७:०५

मङ्सिर २३, दैलेख /दैलेखमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । जिल्लाकाे नारायण नगरपालिका-९ साँडुका २५ बर्षिय टोपेन्द्र रावत र भगवतिमाई गाउँपालिका -१ बस्ने बिनय थापा पक्राउ परेकाे दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वर प्रसाद शाहले बताए । लागुऔषधसहित पक्राउ परेका विनय थापा जिल्लाकाे भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाका छाेरा हुन् ।

दैलेखकाे नारायण नगरपालिका-९ स्थित पुरानो बजार क्षेत्रमा लागु औषधको कारोबार भईरहेकाे छ भन्ने गोप्य सूचनाको आधारमा उक्त क्षेत्रमा निगरानी गर्ने क्रममा दुवै जनालाई पक्राउ गरिएकाे हाे । पक्राउ परेका दुवै जनाकाे साथबाट २९० एमजी (पलाष्टिक बाहेककाे ताैल १३८ एमजी) ख‌ैराे हिराेइन फेला परेकाे डीएसपी शाहले जानकारी दिए ।

पक्राउ परेकामाथी थप अनुसन्धानका लागि दैलेख जिल्ला अदालतबाट १० दिनकाे म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेकाे डीएसपी शाहले बताए । ज्वालासन्देश डट्कमबाट साभार ।

Next Post

अनेरास्ववियु दैलेखको अधिबेशन पौष २१ र २२ गते हुने उपाध्याय द्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

२४ मंसिर २०७८, शुक्रबार ०७:०५
पौष १८, दैलेख । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दैलेखको जिल्ला अधिबेशन नजिकिए संगै नेतृत्वका लागि रस्साकस्सी शुरु भएको छ । यहि पौष २१ र २२ गते हुन लागेको अधिबेशनको लागि अहिलेसम्म नेतृत्वका लागि केही ब्यक्तिको नाम चर्चामा आएपनी उम्मेदवारी घोषणा भने विद्यार्थी […]