भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुगयो

  ।   १० भाद्र २०८३, बुधबार २०:१२

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुने नागरिकको संख्या ९५ पुगेको छ।

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित विभिन्न तटीय क्षेत्रबाट हालसम्म ९५ जनाको शव फेला परेको पुष्टि भएको हो। फेला परेका शवहरूको पहिचान खुलाउने र कानुनी प्रक्रिया पूरा गर्ने कार्य भइरहेको छ।

बाढीमा अझै ठूलो संख्यामा नागरिक तथा सुरक्षाकर्मीहरू बेपत्ता रहेकाले खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको प्रवक्ता काफ्लेले बताए।

प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले डुङ्गा, हेलिकोप्टर तथा विशेष विपद् व्यवस्थापन उपकरणको प्रयोग गरी खोजी तथा उद्धार जारी राखेका छन्।

Next Post

भोटेकोशी बाढी: ९५ जनाको शव फेला, ८५ सुरक्षाकर्मी र ३८४ पर्यटकसहित हजाराैं सम्पर्कविहीन

१० भाद्र २०८३, बुधबार २०:१२
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीमा परी साँझसम्म ९५ जनाको शव फेला परेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साँझ ७:०० बजेसम्मको आधिकारिक विवरण सार्वजनिक गर्दै ८५ जना सुरक्षाकर्मी, ३८४ जना पर्यटक र ६० जना जलविद्युत् आयोजनाका कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाएको छ। फेला परेका ९५ वटै शवको पहिचान हुन […]