बलात्कारको आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

  ।   २ चैत्र २०७७, सोमबार १९:३७

जिल्ला अदालत सुर्खेतले बलात्कारको झुठो आरोप लगाउने महिलालाई साढे तीन वर्षको कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजालसले सोमबार आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई तीन वर्ष ६ महिना कैद सजाय तोकेको हो।

वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफुलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।

अदालत स्राेतकाअनुसार आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी ती महिलाले नै अदालतमा बयान फेरेकी थिइन्।

झुठो जाहेरी दिएर व्यक्तिकाे मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको हो, ‘श्रेष्तेदार यामप्रसाद बास्कोटाले भने, ‘कैद सजाय तोकिएकी महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार गरेका छौं।’

साभार : नागरिकन्युजडटकम

Next Post

पत्रकार महासंघको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता (सूचीसहित)

२ चैत्र २०७७, सोमबार १९:३७
नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाल लगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन्। संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गरेका छन्। यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, […]