सभामुख डोलप्रसाद (डीपी) अर्यालले देशको समसामयिक विषयमा संसद्मा उपस्थित भएर सम्बोधन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन्। सभामुखको उक्त आग्रहमा प्रधानमन्त्री शाहले भने ‘विचार गर्ने’ प्रतिक्रिया दिएका छन्।
मंगलबार दिउँसो प्रतिनिधिसभा बैठक सुरु हुनुअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा सभामुख अर्यालले सो आग्रह गरेका हुन्।
करिब ४० मिनेट चलेको उक्त भेटमा संसद्लाई प्रभावकारी बनाउने र समसामयिक विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाका हालैका बैठकहरूमा प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति माग गर्दै निरन्तर प्रश्न उठाउँदै आएका छन्।
प्रतिपक्षको सोही माग र संसद्को गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप सभामुख अर्यालले प्रधानमन्त्रीलाई संसद्मा आएर सम्बोधन गर्न ध्यानाकर्षण गराएका हुन्।
नागरीक बाट साभार 
