अब नेकपा एकीकृत अस्तित्वमा रहन गाह्रो छ : महासचिव पौडेल

  ।   १६ कार्तिक २०७७, आईतवार १६:१५

कार्तिक १६, काठमाडौ ।

नेकपा महासचिव विष्णु पौडेलले आफ्नो पार्टी नेकपा गम्भीर संकटमा परेको बताएका छन्।

उनले सामाजिक सञ्चाल फेसबुक र ट्वीटरमार्फत  यस्तो बताएका हुन्।

उनले भनेका छन्, ‘यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ। आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु।’

Next Post

कर्णालीमा आज संक्रमीत हुनेभन्दा निको हुनेको संख्या साढे ६ गुणा धेरै

१६ कार्तिक २०७७, आईतवार १६:१५
कार्तिक १६, सुर्खेत ।  कर्णाली प्रदेशमा आज कोरोना संक्रमीत हुने भन्दा निको हुनेको संख्या साढे ६ गुणा धेरै रहेको छ । पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १२ जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेहरुमा दैलेखका ५, रुकुमपश्चिमका ३, सुर्खेतका २, जाजरकोटका […]