भारतले २ हजारका नोट नचलाउने

  ।   ५ जेष्ठ २०८०, शुक्रबार २०:३३

भारतले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ।

भारतको केन्द्रीय बैंकले अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ।

सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो।

तर ७ वर्षमै उक्त नोट चलनचल्तीमा नरहने घोषणा गरिएको हो। रिजर्भ बैंकले सर्वसाधारणसँग भएका २ हजारका नोट बैंकमा जम्मा गर्न र बैंकहरूलाई २ हजारका नोट बजारमा नपठाउन भनेको छ।

२ हजारका नोट बैंकमा जम्मा गर्ने समय यो वर्षको सेप्टेम्बर ३० सम्म दिइएको छ। त्यतिञ्जेलसम्म २ हजारको नोटलाई वैधानिक मुद्राको मान्यता पनि रहनेछ।

Next Post

स्कुटी र फोर्स गाडी ठोक्कीदा एक जनाको मृत्यु

५ जेष्ठ २०८०, शुक्रबार २०:३३
जेठ-५, सुर्खेत । कर्णाली राजमार्गको बड्डीचौर–बाँगेशीमल सडक खण्डको मसिनामा स्कुटी र फोर्स गाडी ठोक्कीदा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगरबाट बड्डीचौरतर्फ जाँदै गरेको स्कुटी र अछामबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी ठोक्कीदा वीरेन्द्रनगर ३ बस्ने २३ वर्षीय हिरालाल कँडेलको मृत्यु भएको हो । उनी वीरेन्द्रनगर ३ निवासी हुन् । […]