३८ जना नेता–कार्यकर्ताले छाडे नेकपा (माओवादी)

  ।   १६ असार २०८३, मंगलवार २१:३१

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) कास्कीका ३८ जना नेता-कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्।
उनीहरूले पार्टीको कार्यदिशा र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विगत १३ वर्षमा पार्टीले अपेक्षित राजनीतिक उपलब्धि हासिल गर्न नसकेको बताएका छन्।
पार्टी नेतृत्वले एकता र पुनर्गठनको बहस उठाउने नेताहरूप्रति पूर्वाग्रहपूर्ण व्यवहार गरेको र बहसबाट पन्छिने प्रवृत्ति देखाएको उनीहरूको आरोप छ।
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) कास्कीका ३८ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्।

मंगलबार संयुक्त विज्ञप्तिमार्फत उनीहरूले पार्टीमा करिब १३ वर्षदेखि विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गरेको, जेल–हिरासतदेखि सडक आन्दोलनसम्म सक्रिय भूमिका खेलेको उल्लेख गर्दै अहिलेको राजनीतिक परिस्थितिमा पार्टीको कार्यदिशा र नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन्।

उनीहरूले विगत १३ वर्षमा पार्टीले अपेक्षित राजनीतिक उपलब्धि हासिल गर्न नसकेको, रणनीतिक संयुक्त मोर्चा तथा समाजवादी मोर्चामार्फत वाम सहकार्यको प्रयास भए पनि त्यसले ठोस निष्कर्ष दिन नसकेको र अन्ततः पार्टी ती मोर्चाबाट बाहिरिएको बताएका छन्।

विज्ञप्तिमा नेपालको वाम आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुगेको उल्लेख गर्दै कम्युनिस्ट शक्तिबिच एकता, सहकार्य र पुनर्गठन अपरिहार्य भएको दाबी गरिएको छ। तर पार्टी नेतृत्वले एकता र पुनर्गठनको बहस उठाउने नेताहरूप्रति पूर्वाग्रहपूर्ण व्यवहार गरेको तथा बहसबाट पन्छिने प्रवृत्ति देखाएको उनीहरूले आरोप लगाएका छन् ।

उनीहरूले केन्द्रीय सचिवालय सदस्य उमा भूजेल र पोलिटब्युरो सदस्य चन्द्रबहादुर खड्का ‘असल’माथि गरिएको कारबाहीलाई त्यसको उदाहरणका रूपमा उल्लेख गरेका छन्।

Next Post

बजेटका कारणले प्रदेशमा किचलो

१६ असार २०८३, मंगलवार २१:३१
सत्तारूढ दल  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशको अस्तित्वमाथि नै प्रश्न उठाइरहेका बेला प्रदेश सरकारहरू भने बजेटका कारण आन्तरिक किचलोमा फसेका छन्। सात वटै प्रदेश सरकार र सभामा पुराना राजनीतिक दलहरू मात्र छन्। उनीहरूबिच बजेटका विषयमा सहमति जुट्न नसक्दा संसद्मा त्यसमाथिको छलफल नै अघि बढ्न नसकेको हो। नेपाली कांग्रेस र […]