बर्दगोरियामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

  ।   १ भाद्र २०८३, सोमबार १०:५३

कैलालीको बर्दगोरियामा ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको छ . बर्दगोरिया गाउँपालिका–१ स्थित मुडा पुल नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्थानीय साबित्रा सापकोटाको घटनास्थलमै मृत्यु भएको हो।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी सापकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरीले आवश्यक मुचुल्का तथा अनुसन्धानको प्रक्रिया अघि बढाएको छ।
दुर्घटनाबारे थप विवरण तथा ट्रक र चालकको पहिचान खुल्न बाँकी रहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

मिर्तक सापकोटा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार सदस्य तथा स्थानीय तहको निर्वाचन २०७४ मा नेकपा एमाले बाट बर्दगाेरिया गाउपालिका उपाध्यक्ष पदको उम्मेदवार रहनु समेत रहनु भएको थियो . सावित्रा सापकोटाकाे सडक दुर्घटनाको आज बिहान बर्दगोरिया ४ मुढाबजार स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा सडक पार गर्ने क्रममा ट्रकले ठक्कर दिँदा उहाँको घटनास्थलमै दुखद निधन भएको हो . आफ्नो कार्यकर्ता सडक दुर्धटनामा ज्यान गएको खबरले मर्माहत भएका कार्यकर्ता तथा स्थानियाले दोषीमाथि कडा कारबाहीको समेत माग गर्दै बिरोध प्रर्दशन गरिरहेका छन् ।

Next Post

उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरमा दुर्घटना

१ भाद्र २०८३, सोमबार १०:५३
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरको जुराखेतमा दुर्घटना भएको छ ।आज बिहान भएको दुर्घटनामा परेर मुख्य न्यायाधीश सहित ६ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर रमेश विष्टले जानकारी दिए ।घाइतेहरूलाई उपचारको लागि हेटौँडा अस्पतालमा पठाइएको […]