बाघको घेराबाट ३ जनाको सकुशल उद्धार

  ।   १७ आश्विन २०७८, आईतवार ०९:३६

बाँके,असोज १७ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ गाभरमा बाघले घेरिएका तीन जनाको सकुशल उद्धार गरिएको छ । गाभर निवासी अन्दाजी ५६ वर्षका सेतु ओली, २५ बर्षिया हीरा खड्का र २४ बर्षिया युवतीलाई निकुञ्जका हात्ती प्रयोग गरि शनिबार सकुशल उद्धार गरिएको हो ।
भैंसी र बाख्रा लिएर चराउन गएका उनीहरुलाई पूर्व पश्चिम राजमार्गदेखी करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक तीनवटा बाघले घेरेका थिए ।
बाघबाट जोगिन रुखमा चढेका उनीहरुलाई निकुञ्जका हात्तीले दिउँसो उद्धार गरेका हुन् । बाघले घेरिरहेका अवस्थामा नजिकै चराउन लगिएका हात्तीलाई प्रयोग गरि माउतेले उद्धार गरेको स्थानीय टोपबहादुर भण्डारीले जानकारी दिए ।
बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जंगलमा पुनः बाघ देखिएको र बाघले घेरेको भन्ने जानकारी आएपछि त्यसतर्फ हात्तीसहित नेपाली सेना परिचालन गरिएको जानकारी दिए । #livepati.com

Next Post

माइत हिडेकी महिला मृत फेला

१७ आश्विन २०७८, आईतवार ०९:३६
सल्यान ,१७ असोज । सल्यानमा एक महिलाको शंकास्पद अवस्थामा शव फेला परेको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर २ गैरी बस्ने ५४ बर्षिया रामकली खत्रीको शव फेला परेको हो । शनिबार साँझ साढे ४ बजे तिर माइतीघर बागचौर नगरपालिका वडा नम्बर २ कै ज्यूला जान हिँडेकि उनको घरदेखि झन्डै […]