सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली निकालिने

  ।   १५ श्रावण २०८३, शुक्रबार १७:०३

बिष्णु कुमार शाही

सुनसरीको  देवानगन्जबाट सुरु भएको पछिल्लो घटनाक्रमका कारण देशका विभिन्न स्थानमा उत्पन्न तनाव र अशान्तिप्रति गम्भीर चासो राख्दै बाँकेमा आज जिल्ला प्रशासन कार्यालयको समन्वयमा सर्वपक्षीय समन्वय बैठक सम्पन्न भएको छ।

बैठकले धार्मिक सहिष्णुता,   र शान्ति कायम राख्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै भोलि (साउन १६ गते) बिहान ७ : ३० बजे नेपालगञ्जको बीपी चोकदेखि वीरेन्द्र चोकसम्म बृहत् सामाजिक सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको हो ।
सामाजिक सद्भाव कायम गरौं, अफवाह होइन सत्यको साथ दिऔं, शान्ति, सहिष्णुता र भाइचाराको सम्बन्ध कायम गरौँ भन्दै भोलि सनिवार बिहाना सद्भाव र्याली गर्ने भएको हो |
बैठकमा जिल्लास्थित राजनीतिक दल, विभिन्न धार्मिक समुदायका अगुवा, सुरक्षा निकाय, नागरिक समाज, गैरसरकारी संस्था, बार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। जिल्लामा शान्ति सुरक्षा, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न बाँकेका सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।

सुनसरीको देवानगन्ज घटनापछि बिभिन्न जिल्लामा भइरहेको तनाव लिएर प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको सर्वपक्षीय बैठकमा सरोकारवालाले उक्त प्रतिबद्धता जनाएका हुन् ।

जिल्लामा अप्रिय अवस्था सिर्जना हुन नदिन तथा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले सबै सरोकारवालाको सहभागितामा साउन १६ को बिहान ७ः३० बजे नेपालगञ्जको वीपी चोकदेखि धम्बोजी (विरेन्द्र चोक)सम्म सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरिएको छ बैठकमा सहभागी गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाका अध्यक्ष् मन बहादुर भण्डारीले कर्णाली प्लसलाई बताउनु भयो | .
बैठकले यसअघि सार्वजनिक स्थानमा डिजे/साउन्ड सिस्टम बजाउन लगाइएको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णयसमेत दोहोर्‍याएको छ।
साथै धार्मिक र अन्य सार्वजनिक कार्यक्रमहरूमा हतियार प्रदर्शन गर्न नदिने तथा परम्परागत रूपमा प्रयोग हुने सामग्रीलाई पनि हतियारको प्रदर्शनका रूपमा प्रयोग नगर्न आग्रह गरिएको छ।

तस्विर  मन बहादुर भण्डारीको प्रोफाइल बाट

Next Post

हिन्दु–मुस्लिम दाजुभाइ, कोही छैन पराई

१५ श्रावण २०८३, शुक्रबार १७:०३
संयुक्त विद्यार्थी सङ्गठनले एकता र सद्भावको आह्वान गर्दै र्याली निकालेका छन् काठमाडौँको माइतीघरबाट विभिन्न विद्यार्थी सङ्गठनहरूले संयुक्त रूपमा सद्भाव र्याली निकालेका हुन्। सामाजिक एकता र आपसी सद्भाव कायम राख्ने उद्देश्यका साथ विद्यार्थी सङ्गठनहरू एकजुट भएर माइतीघर क्षेत्रमा प्रदर्शनमा उत्रिएका हुन्। संयुक्त विद्यार्थी सङ्गठनले एकता र सद्भावको आह्वान गर्दै र्‍याली निकालेको […]