रास्वपाका नेता मदन राई यौन दुर्ब्यवहारमा पक्राउ

  ।   २९ बैशाख २०८०, शुक्रबार २०:४०

काठमाडौं, बैशाख २९ । यौन दुर्ब्यवहारको आरोपमा पक्राउ परेका कृषि बिज्ञ मदन राई राष्ट्रिय स्वतन्त्र पार्टीको नेता रहेको तथ्य खुलेको छ । रवि लामिछाने नेतृत्वको रास्वपामा आवद्ध रहेका राईलाई आज खोटाङ प्रहरीले बाल यौन दुर्ब्यवहारको आरोपमा पक्राउ गरेको छ ।

राईले खोटाङमा शुभम फाउन्डेसन सञ्चालन गर्दै आएका छन् । फाउण्डेशनमा उनले बालबालिकालाई अश्लिल हर्कत गर्ने र यौन सम्पर्कका लागि खुल्ला रुपमा आव्ह्वान गर्ने, संवेदनशील अंगमा हात लगाउने र नांगो बनाउने जस्ता काम गरेको प्रहरीको भनाई छ । फाउन्डेसनका आवासीय छात्रालाई यौन दुर्ब्यबहार गरेको प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको हो ।

वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा रहेको फाउन्डेसनमा डेढ सय विद्यार्थी बसिरहेका छन् । राई २०७९ भदौं ११ गते काठमाडौंमा आयोजित रास्वपाको सभामा रसभापति रवि लामिछानेसँगै मञ्चमा बसेका थिए भने चर्काे भाषणसमेत दिएका थिए ।

Next Post

खाणले घरबाट बरामद भएको गोप्य कागज इन्स्पेक्टरको हातबाट खोसे, चपाए र निले

२९ बैशाख २०८०, शुक्रबार २०:४०
बैशाख-३०, काठमाडौ । भुटानी शरणार्थीका नाममा भएको ठगीमा संलग्नता देखिएपछि कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्न गएको प्रहरी टोलीले मैजुबहालस्थित उनको घरमा खातलासी पनि गरेको थियो । त्यसक्रममा एउटा गोप्य कागज पनि बरामद भएको थियो । तर, एकछिनमै प्रहरीको हातबाट खोसेर खाणले त्यो कागज चपाएर निलिदिएका थिए । खानतलासी गर्ने क्रममा […]