असोज २५, काठमाडौ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७१ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार ४२७ जनाको पिसिआर गर्दा २ हजार ७१ जनामा संक्रमण देखिएको हो।
यस्तै, १५ सय ५२ जना डिस्चार्ज भएक छन्। २४ घण्टामा कोरोनाबाट २२ जनाको मृत्यु भएको छ।
देशभर संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ।

