विश्वभर म्यासेन्जरमा समस्या देखियो

  ।   २५ मंसिर २०७७, बिहीबार १७:२७

२५ मंसिर, एजेन्सी ।

विश्वभर फेसबुक म्यासेन्जर तथा इन्स्टाग्राममा समस्या देखिएको छ । आज दिउसोदेखि धेरै प्रयोगकर्ताहरूले फेसबुक तथा इन्स्टाग्राममा समस्या देखिएको गुनासो गरिरहेका छन् ।

बिहीबार फेसबुकले सञ्चालन गरेका म्यासेन्जर र इन्स्टाग्राम डाउन भएका हुन् । डाउन डिटेक्टरले जिएमटी अनुसार ९ बजेदेखि यी २ सामाजिक सञ्जालबारे धेरै गुनासो आइरहेको उल्लेख गरेको छ ।

डाउन डिटेक्टरमा आएका समस्याहरूमध्ये ७९ प्रतिशत फेसबुक म्यासेन्जरको समस्या भएको बताइएको छ । म्यासेन्जरमा म्यासेज पठाउन तथा लग इन गर्नमा समस्या देखिएको बताइएको छ ।

३७ प्रतिशतले फेसबुक एपको बारेमा गुनासो राख्दा ३० प्रतिशतले भने लग इनमा समस्या भएको गुनासो टिपाएका छन् ।

Next Post

गाउँपालिकाले निर्माण गरेको सहिद गेटमा पार्टीको झण्डा

२५ मंसिर २०७७, बिहीबार १७:२७
मनोज डाँगी  मंसिर २६, सल्यान । सहिद व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति मानिन्छन् । जुन-जुन देशमा सामाजिक, आर्थिक र राजनीतिक क्रान्ति भएका छन त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र र मुक्तिका लागि बिना स्वार्थ देशका लागि मानिसले आफ्नो बलिदानी दिएका छन् […]

सम्बन्धित