मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु

  ।   ३ कार्तिक २०७७, सोमबार २१:२५

कार्तिक ३, बाके । 

बाँकेमा मोटरसाइकलको ठक्करबाट एक ६९ बर्षिया महिलाको ज्यान गएको छ । राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७, थपप्टटलीमा आइतबार एक मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने ६९ बर्षिया करुवा थारुको ज्यान गएको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राप्तिसोनारी गाउँपालिका वडा नम्बर ४ नयाँबस्ती बैजापुरका २६ बर्षिय निम प्रसाद थारुले चलाएको भे ६ प ७२४० नम्बरको मोटरसाइकलले उनलाई आइतबार थपप्टटलीस्थित हुलाकी सडक खण्डमा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी करुवा थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।

Next Post

बुवाको देहान्तदेखि सिङ्गो परिवार नै कोराना सङ्क्रमित हुँदाको अवस्था

३ कार्तिक २०७७, सोमबार २१:२५
आज स–परिवार कोरोना सङ्क्रमण भई होम आइशोलेसनमा बसेको १५ औं दिन हो । पन्ध्रौं दिनसम्म त शरिरभित्र राज जमाएको यो भाइरस सायद मरी नै सक्यो होला ! तर पनि हामी फलामको गेट खोलेर आँगनबाट बाहिर गएका छैनौ । घरमा काम गर्ने सहयोगीहरूलाई पनि बाहिर पठाएका छैनौ । आवश्यक समानहरू आफन्त […]

सम्बन्धित