चितवनमा एक सङ्क्रमित वृद्धको मृत्यु

  ।   २४ आश्विन २०७७, शनिबार ११:१५

चितवन, असोज २४ ।

कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो । क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भई होम आाइसोलेसनमा रहेका पाँच जनाको मृत्यु भएको छ ।

जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या भने योसँगै ३१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लामा २ हजार ५ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ५ सय ५३ जना निको भएर घर फर्किसकेका छन् ।

Next Post

वडा अध्यक्षकै घरमा महिला हिंसा, श्रीमानको कुटाइबाट श्रीमतीको खुट्टा भाँचियो

२४ आश्विन २०७७, शनिबार ११:१५
असोज २४, कालिकोट । कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका-१, छातिका वडा अध्यक्ष बिरबहादुर बुढा मगरले आफ्नै श्रीमतीलाई मरणासन्न हुने गरि कुटपिट गरेका छन् । घरमा झगडा हुँदा वडा अध्यक्ष बुढाले आफ्नै श्रीमती रुपा बुढा मगरलाई कुटपिट गरि बायाँ खुट्टा दुई ठाउँमा भाँचिदिएका छन् । यस अघि पनि पटक-पटक झगडा हुँदा कुटपिट […]