सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित भेरी नदीको पुलबाट नदीमा हामफालेर एक युवक बेपत्ता भएका छन्। हाम फालेर ब्यपत्ता हुने युवक वीरेन्द्रनगर–३, तातापानी निवासी २० वर्षीय दिपक काफ्लेको रहेको उनका आफन्त नारायणप्रसाद पाण्डेले जानकारी दिएका छन्।
घटनास्थलमा क्याप टोपी, मोबाइल, सेन्ट, चप्पल, मोजा, लिपकार्ड र चार्जर लगायतका सामान फेला परेका छन्। फेला परेका सामानको आधार बाट वीरेन्द्रनगर–३, तातापानी निवासी २० वर्षीय दिपक काफ्लेको रहेको उनका आफन्त नारायणप्रसाद पाण्डेले जानकारी दिएका हुन् ।
बेपत्ता काफ्लेको खोजीका लागि प्रहरी टोली तथा आफन्तजनले भेरी नदी आसपासमा खोजी कार्य तिब्र गरे पनि हालसम्म उनलाइ भेटाउन सकिरहेका छैनन् खोजि कार्य राखेका छन्।
