राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । बुधवार बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबार यो छलफल हुन लागेको मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल हुने भएकोले मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी भएको बुर्लाकोटीले बताए ।
‘सरकारका काम र सांसदले सधनमा उठाएका विषयमा तालमेल नमिलेकोजस्तो देखियो । यस सम्बन्धमा सभापतिले आवश्यक निर्देशन दिनुहुन्छ सचेतक बुर्लाकोतिले भने । ‘
