पूर्व एमालेको भेला, इश्वर पोखरेलद्वारा सम्बोधन

  ।   २३ कार्तिक २०७७, आईतवार १४:०९

काठमाडौं, २३ कात्तिक ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला काठमाडौंका पूर्व एमालेहरुको भेला भएको छ । जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भएको भेलालाई उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरेका छन् ।

पार्टीभित्रको विवादको वास्तविकता बुझ्न अनौपचारिक भेला राखिएको हो । `हाम्रो उद्देश्य पार्टी विभाजनलाई बल पुर्‍याउनु होइन’, जिल्ला अध्यक्ष राईले भने । उनका अनुसार, भेलामा पार्टी संकटमा रहेकाले त्यसैअनुसार भूमिका खेल्न उपप्रधानमन्त्री पोखरेलले आग्रह गरेका थिए ।

पूर्व एमाले भेला भनिए पनि बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए ।

Next Post

हतियारसहित नेपाल छिरेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले लखेटे

२३ कार्तिक २०७७, आईतवार १४:०९
कार्तिक २३, कैलाली । कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रमा हतियारसहित प्रवेश गरेका भारतीय सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीलाई स्थानीय बासिन्दाले धपाएका छन् । जिल्लाको बेलौरी नगरपालिका–१० भुडास्थित नेपाल–भारत सीमा क्षेत्रमा एसएसबीका ६ जना सुरक्षाकर्मी शनिबार प्रवेश गरेका थिए । डोरी, क्यामेरा र हतियारसहित रहेका उनीहरूलाई स्थानीयवासीले अनुमति बिना नेपाल प्रवेश गरेको […]