सुर्खेतमा दसैं लक्षित निषेधाज्ञा नहुने

  ।   १ कार्तिक २०७७, शनिबार १६:०१

दशैँ लक्षित गरी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निषेधाज्ञा नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाले निषेधाज्ञा गर्ने बिषयमा कुनै योजना नरहेको बताएका छन् ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कोरोना भाइरसको सम्दर्भमा छलफल भएपनि अहिले नै निषेधाज्ञा गर्ने बिषयमा कुनै पनि निर्णय नभएको बताए । ‘निषेधाज्ञा गर्ने कि नगर्ने भन्ने बिषयमा जिल्ला कोभिड संकलन व्यवस्थापन समिति संग सामान्य छलफल भए पनि निषेधाज्ञा गर्ने वा नगर्ने केहि पनि निर्णय भएको छैन,’ उनले भने, ‘हामीले अन्य क्षेत्रहरु उद्योग वाणिज्य संघ, यातायात व्यवसायीहरुसंग पनि छलफल गरिरहेका छौँ । त्यहाँबाट सहमति भएको छैन ।’

हाल काठमाडौँ लगायतका ठाउँहरुबाट मानिसहरु दैनिक रुपमा सुर्खेत र सुर्खेत हुँदै अन्य विभिन्न ठाउँमा जाने भएकाले निषेधाज्ञा गर्दा झनै समस्या हुन सक्ने उनले बताए । अब हुने छलफलले त्यस बिषयमा निर्णय गर्न सक्ने उनको भनाई छ ।

यता वीरेन्द्रनगर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले पनि नगरपालिकाले निषेधाज्ञा गर्ने बिषयमा कुनै तयारी नभएको बताए ।  ‘त्यो बिषयमा सामान्य छलफल भए पछि सय बिषयमा कुनै निर्णय भएको छैन,’ उनले भने, ‘स्वास्थ्यकर्मी, जिल्ला प्रशासन संगको छलफल भए पछि मात्रै गर्ने नगर्ने भन्न सकिन्छ ।’ @enayanepal.com

pinterest sharing button
email sharing button

Next Post

माटोको ढिस्कोले पुरिएर मृत्यु

१ कार्तिक २०७७, शनिबार १६:०१
रुकुम पश्चिम कार्तिक १ मनोज डाँगी । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । नगरपालिका ९ जालदाइनाकी ३५ वर्षिया सुसिला नेपालीको आज बिहान घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर घटनास्थलमा नै ज्यान गएको हो । सोहि वडाको […]