आज सातै प्रदेशका धेरै ठाउँमा भारी वर्षा, बाढी र पहिरोबाट सतर्क रहन आग्रह

  ।   ८ असार २०८०, शुक्रबार ०८:१८

असार-८, काठमाण्डौ ।

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली  रही सबै प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।

आज राति सातै प्रदेशको एक दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षासँगै बाढी र पहिरोको जोखिम रहने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Next Post

प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

८ असार २०८०, शुक्रबार ०८:१८
असार-८, काठमाडौ । आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा प्रतिनिधिसभा सदस्यहरुले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिँदैछन्। सो बैठकमा बिनियोजन विधेयक २०८० को बिभिन्न शिर्षकहरु माथिको छलफल अन्तर्गत चारवटा मन्त्रालयससहितको बजेट शिर्षक […]