प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

  ।   ८ असार २०८०, शुक्रबार ०८:३९

असार-८, काठमाडौ ।

आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे बोलाइएको छ।

आजको बैठकमा प्रतिनिधिसभा सदस्यहरुले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिँदैछन्।

सो बैठकमा बिनियोजन विधेयक २०८० को बिभिन्न शिर्षकहरु माथिको छलफल अन्तर्गत चारवटा मन्त्रालयससहितको बजेट शिर्षक माथि छलफल हुनेछ। जसअनुसार संस्कृति, पर्यटन, तथा नागरिक उडडयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शिर्षकमाथी छलफल हुन लागेकाे हाे।

यसैगरी, सो बैठकमा ७ जना सांसदले खर्च कटौतीको प्रस्ताव गर्नेछन्।

Next Post

नेपालमा पहिलो पटक जिब्रो र निधारमा टाँसेर सेवन गर्ने लागुऔषध बरामद

८ असार २०८०, शुक्रबार ०८:३९
कर्णालीलाइभ समाचारदाता असार-८, काठमाडौ । नेपालमा पहिलो पटक जिब्रो र निधारमा टासेर लागुऔषध सेवनको आनन्द लिने लागुऔषधजन्य पदार्थ बरामद गरेको छ। लागुऔषध नियन्त्रण व्यूरोले सो पदार्थ बरामद गरेको हो। त्यसको जानकारी पत्रकार सम्मेलन गरेर दिने तयारी गरेको छ। सो लागु औषधलाई लिसर्जिक एसिड डाइएथिलेमाइड (एलएसडी) भनिन्छ। नेपालमा यो पहिलो पटक […]