कक्षा १२ को परिक्षाफल सार्बजनिक

  ।   १९ माघ २०७७, सोमबार ११:४९

काठमाडौँ, माघ १९ ।  

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।
बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।

कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट ४ लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।

Next Post

बिहीबारदेखि ३ दिन वर्षा र हिमपात, त्यसपछि गर्मी सुरु हुने

१९ माघ २०७७, सोमबार ११:४९
२० माघ, काठमाडौं । आउँदो बिहीबारदेखि मौसममा बदली भई पानी पर्ने र हिमपात हुने मौसमविदले पूर्वानुमान गरेका छन् । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा परिवर्तन हुने भएको हो । अब यो मौसमी प्रणाली बाहिरिएपछि गर्मी सुरु हुने मौसमविदको भनाइ छ । मौसमविद शान्ति कँडेलले भनिन्, ‘मौसम हो अपडेट […]