विभिन्न कार्यक्रमसहित नारायण क्याम्पस दैलेखको सत्ताइसौँ वार्षिकोत्सब सम्पन्न

  ।   १० आश्विन २०८०, बुधबार १९:३५

गोबिन्दराज रेग्मी 

असोज-१०, दैलेख ।

नारायण क्याम्पस दैलेखले विभिन्न कार्यक्रमहरुको आयोजना गरि आफ्नो सत्ताइसौँ वार्षिक उत्सव मनाएको छ । सोही कार्यक्रमको अवसरमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंह तथा पदाधिकारीहरु सम्मिलित संयुक्त टोलीले क्याम्पसको भ्रमण, अनुगमन तथा अन्तरक्रिया कार्यक्रमसमेत  सम्पन्न गरेको छ ।

क्याम्पसद्वारा आयोजित २७ औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका उपकुलपति सिंहसमक्ष क्याम्पसका कर्मचारी तथा विद्यार्थीहरुले विभिन्न गुनासाहरु राखेका थिए । जवाफमा सिंहले अधिकांश समस्याहरु क्याम्पस प्रशासनबाटै समाधान गर्न सकिने बताउँदै अन्य समस्या समाधान गर्न बिश्वविद्यालय प्रशासनसमेत लागिपर्ने बताएका छन् । साथै उनले अनुगमनको क्रममा देखिएका कमि कमजोरी तथा सुधार गर्नुपर्ने कुराहरुमा क्याम्पस प्रशासनले तत्काल आवश्यक कदम चाल्न निर्देशन दिँदै  क्याम्पसको समग्र शैक्षिक गुणस्तर विकास गर्न क्याम्पस पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी सम्पूर्णले आ-आफ्नो स्थानबाट इमान्दारितापूर्वक लाग्नु पर्ने कुरामा जोड दिएका हुन्।

उपकुलपति सिंहले क्याम्पसको नवनिर्मित मिटिङ्ग हल तथा प्राविधिक भवनको उद्घाटन पनि गरेका छन् । वार्षिकोत्सबको अवसरमा क्याम्पसद्वारा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा बिजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ ।

समारोहमा विशिष्ठ अतिथिको रुपमा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. भारती जोशी, सदस्य प्रा. डा. रामेश्वर अधिकारी, कर्णाली प्रदेशसभा सदस्य पुर्ण बहादुर खत्री, ग्रयाजुएट स्कुल अफ म्यानेजमेन्टका डीन प्रा. डा. दीप बहादुर रावल, प्रा. यम बहादुर कार्की, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. चन्द्र प्रसाद रिजाल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, जिल्लास्थित विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरु, क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा पत्रकार लगायतको उपस्थिति रहेको बताइएको छ ।

सो वार्षिकोत्सब कार्यक्रम क्याम्पस प्रमुख नर बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो  ।

Next Post

दैलेखमा आफैले पालेको गाेरुले हानेर एक जनाकाे ज्यान गयाे

१० आश्विन २०८०, बुधबार १९:३५
  कर्णालीलाइभ समाचारदाता असोज-२३, दैलेख । दैलेखमा आफैले पालेको गाेरुले हानेर एक जनाकाे ज्यान गएकाे छ । गाेरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीकाे ज्यान गएकाे हाे । गाेरुले पटक पटक हानेपछि उनकाे घटनास्थलमै ज्यान गएकाे प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिएका […]