जेठ-३२, ताप्लेजुङ ।
अविरल बर्षाका कारण पहिरो आउँदा ताप्लेजुङको फक्तालुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बुको घर बगाएको छ । घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बु रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार पहिरोमा परी मृत्यु भएका उनीहरु उपाध्यक्ष रविनका बुबा, कान्छी आमा र २ बहिनी हुन् । मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको उनले बताए ।
‘उपाध्यक्षज्यूकाे परिवारका चार जनाको मृत्यु भएको छ, थप खोजी जारी छ,’ उनले भने, ‘ पहिराले दुई वटा घर बगाएको छ ।’
पहिरोमा परी साम्रा परिवारकै २ जना घाइते भएका छन् ।


