आईजीपी बढुवाविरुद्ध दुई सिनियर एआईजी अदालत जाने तयारीमा

  ।   १८ बैशाख २०७९, आईतवार १४:१४

वैशाख १८, काठमाडौं ।

देउवा सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने तयारी गरेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नेबारे छलफल थालेका हुन् ।

पोखरेलनिकट स्रोतले भन्यो, ‘नेपाल प्रहरीको इतिहासमै यति धेरै अन्याय भएको थिएन, अदालत जानेबारे उहाँले छलफल गरिरहनुभएको छ ।’ थापा निकट एक अधिकृतले पनि अदालत जानेबारे छलफल भइरहेको अनलाइनखबरलाई बताए ।

पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि सिंह एआईजीमा नियुक्त भएका थिए । त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् ।

Next Post

पाउमा हजारका नोट चढाउँदै भोट माग्दै !

१८ बैशाख २०७९, आईतवार १४:१४
बैशाख १९, सिन्धुपाल्चोक । भोट माग्नका लागि सिन्धुपाल्चोकका एक उम्मेदवारले मतदाताहरुको पाउमा दाम चढाइरहेको भेटिएको छ । मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका उम्मेदवार अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो । खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् । उनी अहिले चुनावी प्रचार-प्रसारका […]