जाजरकोटमा पहिरो एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार

  ।   २९ असार २०८३, सोमबार ०८:४७

जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. २ राङ्सीमा पहिरो खस्दा ६७ वर्षीया जयशिला शाहको मृत्यु भएको छ।
भूकम्पपछिको पुनर्निर्माणका लागि निर्माण गरिएको अस्थायी टहरामाथि ढिस्को खस्दा उनी घटनास्थलमै मृत्यु भएको हो।
पहिरोमा परी मृतककी छोरी र नातिनी घाइते भएका थिए, जसलाई स्थानीय बासिन्दाले उद्धार गरेका छन्।
जाजरकोट । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. २ राङ्सीमा अविरल वर्षाका कारण पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। राङ्सीस्थित एक अस्थायी टहरामाथि ढिस्को खसेर पुरिँदा ६७ वर्षीया जयशिला शाहको घटनास्थलमै मृत्यु भएको हो।

भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँ अनुदानबाट उक्त टिनको अस्थायी टहरा निर्माण गरिएको थियो। पहिरोमा परी मृतककी छोरी ४० वर्षीया मेनुका शाह थापा र नातिनी ७ वर्षीया टिका थापा घाइते भएका थिए। उनीहरूलाई स्थानीय बासिन्दाले उद्धार गरेका छन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पाँचकटियाबाट प्रहरी सहायक निरीक्षक प्रेम केसीको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले घटनास्थल पुगेर क्षेत्रलाई सुरक्षित राख्ने काम गरेको छ ।

 

Next Post

काङ्ग्रेसले भन्यो प्रधानमन्त्री ज्यु कालो चस्मा खोल्नुस

२९ असार २०८३, सोमबार ०८:४७
प्रमुख प्रतिपक्षी कांग्रेसले काठमाडौं त्रिपुरेश्वरमा बिहीबार आफ्नो शरीरमा आगो लगाएका गणेश नेपालीको निधनका सम्बन्धमा स्पष्ट पार्न प्रधानमन्त्री वालेन्द्र शाहसँग माग गरेको छ । विपक्षमा हुँदा सरकारमाथि प्रश्न उठाउने प्रधानमन्त्री शाह सरकारको नेतृत्वमा पुगेपछि भने मौन रहेको कांग्रेसको भनाइ छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीलाई जवाफदेही […]