नयाँ उद्योग मन्त्रीमा रास्वपा सांसद दीपक साह

  ।   २५ भाद्र २०८३, बिहीबार १८:४५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको पद तथा गोपनियताको सफत लिएक छन्। प्रधानमन्त्री बालेन शाहले साहलाई उद्योग मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे पछी रास्तपति रामचन्द्र पौडेलले सफत तथा गोपनियताको सफत गराएका हुन् ।

उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी साहको नाम राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीले पठाइएक थिए ।

उद्योगीहरूप्रति दिएको विवादित अभिव्यक्तिका कारण चर्को आलोचना खेपेपछि यादवले आजै पदबाट राजीनामा बुझाएर मन्त्रालयबाट बाहिरिएकी थिइन्। उनले केही दिनअघि उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन भनी सार्वजनिक टिप्पणी गरेकी थिइन्।

नयाँ मन्त्रीका रूपमा सफत खाएका साह सुनसरी क्षेत्र नम्बर-४ बाट निर्वाचित सांसद हुन्। पेसाले इन्जिनियर रहेका उनी मन्त्री बन्ने तय भएपछि निर्वाचन क्षेत्रबाट आकस्मिक रूपमा काठमाडौं फर्किएका छन्।

साह आम निर्वाचनअघि रास्वपा प्रवेश गरेका थिए। त्यसअघि सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्कासनमा परेपछि उनले आफ्नै नेतृत्वमा छुट्टै दलसमेत गठन गरेका थिए।

Next Post

देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज पुल

२५ भाद्र २०८३, बिहीबार १८:४५
नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले  एक्रो ब्रिज तयार पारेको छ । भोटेकोशी बाढीले गत भदौ १० मा पक्की पुल बगाएपछि नदी वारपार आवतजावत प्रभावित भएको थियो । यसपछि सेनाले नदी वारिपारिका बस्तीलाई जोड्ने गरी ५७.९ मिटर लम्बाइ र ५.५ मिटर चौडाइको अस्थायी पुल जडान गरेको हो । […]

सम्बन्धित