सरकारमाथिको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय, उपेन्द्रले राजीनामा दिने

  ।   ३१ बैशाख २०८१, सोमबार ०७:१७

कर्णालीलाइभ समाचारदाता,

बैशाख-३१, काठमाडौ ।

जनता समाजवादी पार्टी नेपालले प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आइतबार अपरान्ह बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

भोलि बस्ने केन्द्रीय कमिटी बैठकले यसबारे अझ परिपक्व निर्णय गरी औपचारिकरूपमा सार्वजनिक गरिने जसपाका एक नेताले बताए ।

ती नेताले भने, ‘पार्टी विभाजन, भावी रणनीति र सरकारमाथिको समर्थनलगायतका विषयमा बैठकमा छलफल भयो । सरकारमाथिको समर्थन फिर्ता लिने लगायतका निर्णय भोलिको केन्द्रीय कमिटी बैठकमा थप परिपक्व हुनेछ । ब्याक हुने अवस्था छैन ।´

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा गरेर बाटो खोलिदिन सन्देश पठाएका थिए । लगत्तै मधेशमा जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिँदै गठबन्धन घटकको एमाले र माओवादीले समर्थन फिर्ता लिइसकेको छ ।

एमाले र माओवादीको मधेश कदमले दबाबमा परेका यादवले कार्यकारिणी बैठकमा समर्थन फिर्ताको प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्रीबाट गलहत्त्याइनुभन्दा आफैँले सरकार छोड्नु उचित हुने बैठकले निष्कर्ष निकालेको छ । भोलि केन्द्रीय समिति बैठकसँगै उनले राजीनामा दिने स्रोतले बतायो ।

Next Post

यो वर्ष सरदरभन्दा ५५ प्रतिशत बढी वर्षा हुने, तापक्रम पनि बढ्ने

३१ बैशाख २०८१, सोमबार ०७:१७
बैशाख-३१, काठमाडौ । यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले सोमबार मनसुन सिजनको वर्षाको आँकलन सार्वजनिक गर्दै सरदरभन्दा ३५ देखि ५५ प्रतिशतसम्म बढी वर्षा हुने प्रक्षेपण गरेको हो । विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, […]