सिन्धुलीबाट निर्वाचित सांसदले मन्त्री नबनाए आत्महत्या गर्छु भनेपछि…

  ।   १९ श्रावण २०७८, मंगलवार १२:२१

मन्त्री बन्न नेतृत्वसँग सांसदहरुले कतिसम्म बार्गेनिङ गर्नसक्छन्, त्यो तपाईँहरुले अनुमान लगाउन सक्नुहुन्छ । मन्त्री बन्न गुट बदल्ने, पार्टी फेर्नेलगायतका धम्की त सामान्य नै हुन् । हुँदाहुँदा मन्त्री नबनाए आत्महत्या गर्ने इमोसनल ब्ल्याकमेलिङ नै गर्न थालिएको छ ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पार्टी स्थायी समितिको बैठकमा नै आफूलाई मन्त्री नबनाए आत्महत्या गर्ने चेतावनी दिएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीबारे टुंगो लगाउन आयोजित बैठकमा सिन्धुलीबाट प्रतिनिधित्व गर्ने सांसद गजुरेलले यस्तो अनौठो धम्की दिएका हुन् ।

‘म टोपबहादुरसँगै एमालेमा गएको भए मन्त्री हुने थिएँ,’ गजुरेलले बैठकमा दिएको धम्की उद्धृत गर्दै एक नेताले भने, ‘म बाबुराम भट्टराईको पनि नेता हो । मेरै नेतृत्वमा बाबुरामहरू माओवादीमा एकीकृत भएका हुन् । मलाई नपठाएर नारायणकाजी वा अरू कसैलाई पठाए आत्महत्या गर्छु । मैले किन अवसर नपाउने ?’ गजुरेलले बैठकमा आत्महत्याको कुरा गरेपछि नेताहरू भावुक बनेका थिए । गजुरेलको यस्तो धम्कीपछि प्रचण्डसमेत तनावमा परेको बताइन्छ ।

नारायणकाजी रोक्न हरिबोलको अस्त्र

माओवादी केन्द्रमा अहिले मन्त्री हुनेबीच मात्र होइन, पार्टीबाट सरकारको नेतृत्व कसले गर्ने भन्नेमा पनि उत्तिकै प्रतिस्पर्धा र द्विविधा छ । खासगरी नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र हरिबोल गजुरेलले सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी राख्दै आएका छन् ।

नारायणकाजीले पार्टीको तर्फबाट सरकारको नेतृत्व आफूले पाउनुपर्ने अड्डी कसेपछि तेश्रो व्यक्ति गजुरेललाई अवसर दिएर उनलाई रोक्ने रणनीतिमा केही नेता लागेका छन् । स्रोतका अनुसार, हरिबोलले बैठकमा आत्महत्याको धम्की दिएपछि महरा, वर्षमान पुन, शक्ति बस्नेतलगायत नेताहरूले उनलाई नै पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्नेगरी पठाउन समर्थन गरेका छन् । आफ्नो काउन्टरमा हरिबोललाई अघि सारेपछि नारायणकाजी भने निराश बनेका छन् ।

गजुरेल यसअघि ८ महिना कृषि मन्त्री बनेका थिए । गमलामा धान रोप्नेदेखि गाई मरेको प्रसंगमा ग्वाँ ग्वाँ रोएपछि उनी मजाकको पात्र बनाइएका थिए । उनै गजुरेलले आत्महत्याको धम्की दिएपछि मन्त्री छान्ने बैठक बिना निष्कर्ष स्थगित भएको छ । shantobot.com बाट साभार

Next Post

जाजरकोट जुनीचाँदेका वडाध्यक्षले एक युवकलाई डोरीले बाँधेर कुटे

१९ श्रावण २०७८, मंगलवार १२:२१
जाजरकोट जुनीचाँदे गाउँपालिका-२, का वडा अध्यक्ष रामबहादुर नेपालीले एक युवकलाई डोरीले बाँधेर कुटपिट गरेका छन् । वडाध्यक्ष नेपालीले स्थानीय प्रेम दमाईमाथि कुटपिट गरेका हुन् । सोमबार वडाध्यक्ष नेपालीसँग दमाईले आफ्नो छोराले पाउने बाल पोषणको रकम माग गरेका थिए । त्यसपछि विवाद हुँदा नेपालीले दमाईमाथि कुटपिट गरेको बताइएको छ । युवकलाई […]