अछाममा जिप दुर्घटना एकको मृत्यु, दुइ जना घाइते

  ।   २४ जेष्ठ २०८३, आईतवार १०:५४

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, भएको छ | अछामको कमलबजार नगरपालिका–७ स्थित क्वाल्लेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

गएराति तुर्माखाँद गाउँपालिका–३ निवासी २६ वर्षका पुष्प बुढाले चलाएको से १ ज ६१३ नम्बरको जिप दुर्घटना हुँदा कमलबजार नगरपालिका–७ का ३४ वर्षीय कर्ण भाटको मृत्यु भएको हो।

जिप सडकबाट दुई सय मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका भाटको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्याल अछामका  प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

इलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी निरीक्षक सरोजकुमार कैलाको कमाण्डमा गएको प्रहरी टोलीले घाइतेको तत्काल उद्धार गरी उपचारका जिल्ला अस्पताल मङ्गलसेन लगिएको थियो।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा मृतक भाटका १३ वर्षीय छोरा मीनबहादुर भाट र सोही ठाउँका ३० वर्षीय बद्री भाट रहेका छन् भने दुवै जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको प्रहरीले जनाएको छ। जिप चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

Next Post

रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु

२४ जेष्ठ २०८३, आईतवार १०:५४
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ।प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे, सांसद साहजना खातुन, एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महर, नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत उपस्थित छन्। बैठक सिंहदरबारस्थित संघीय संसद् सचिवालयअन्तर्गत […]

सम्बन्धित