सर्वोच्चकाे फैसला पछि कोरोना परीक्षण र उपचार अब निःशुल्क हुने

  ।   २५ कार्तिक २०७७, मंगलवार ०७:२२

कार्तिक २५, काठमाडौ ।

चौतर्फी आलोचना र दबाबपछि सरकारले कोभिड–१९ बाट संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले सोमबार उक्त निर्णय गर्दै यससम्बन्धी तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशनसमेत दिएको एक मन्त्रीले जानकारी दिए ।

‘प्रस्ताव स्वास्थ्य मन्त्रालयले गरेको हो, परीक्षण र उपचार निःशुल्क गर्नेसम्बन्धी विस्तृत खाका तयार पारी उसैले सर्वसाधारणलाई जानकारी गराउनेछ,’ ती मन्त्रीले भने ।
कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको थियो । सरकारले भने सबै नागरिकको निःशुल्क परीक्षण र उपचार गर्न नसकिने भन्दै सर्वोच्चको फैसलामाथि पुनरावलोकन गर्न ननिवेदन दिएको थियो ।

सर्वोच्चले फैसला पुनरावलोकन नगर्ने निर्णय सुनाइसकेको छ । यसबीचमा अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई विपक्षी बनाई अवहेलना मुद्दासमेत दर्ता भएको थियो । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पनि संक्रमितको परीक्षण तथा उपचार निःशुल्क गर्न सरकारलाई निर्देशन दिएको थियो ।

चौतर्फी दबाब परेपछि सरकार परीक्षण र उपचारमा शुल्क नलिने निर्णयमा पुगेको हो । ‘यससम्बन्धी केही मापदण्ड स्वास्थ्य मन्त्रालयले पक्कै बनाउनेछ,’ एक मन्त्रीले भने । कोरोना परीक्षण र उपचार सेवा सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा मात्र हुनेछ ।आजको कान्तिपुरमा याे खबर छ

Next Post

२ वटा जंगली बँदेल सहित २ जना पक्राउ

२५ कार्तिक २०७७, मंगलवार ०७:२२
दाङ २५ कार्तिक मनोज डाँगी डिभिजन वन कार्यालय देउखुरी दाङबाट वन्यजन्तु सहित दुई व्यक्ति पक्राउ गरिएको छ । डिभिजन वन कार्यालय देउखुरीका प्रमुख बेसिन्द्रराज सुबेदीले वन्यजन्तु ओसार-पसार गरेका दुईजना व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएका छन् । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक स्थित पूर्वपश्चिम राजमार्गबाट लु १ च ९९९४ […]