२ वटा जंगली बँदेल सहित २ जना पक्राउ

  ।   २५ कार्तिक २०७७, मंगलवार १७:५०

दाङ २५ कार्तिक

मनोज डाँगी

डिभिजन वन कार्यालय देउखुरी दाङबाट वन्यजन्तु सहित दुई व्यक्ति पक्राउ गरिएको छ । डिभिजन वन कार्यालय देउखुरीका प्रमुख बेसिन्द्रराज सुबेदीले वन्यजन्तु ओसार-पसार गरेका दुईजना व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक स्थित पूर्वपश्चिम राजमार्गबाट लु १ च ९९९४ नम्बरको पिकअप गाडीमा बन्यजन्तु राखेर लैजादै गर्दा प्रक्राउ गरिएको बताईएको छ । प्रक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ८ निवासी ठगेन्द्रबहादुर डाँगि र चालक कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ निवासी दलबहादुर सारू रहेको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख सुबेदीले बताए ।

जिपको पछाडि अन्दाजी पैतिस किलोका दुईवटा जंगली बँदेल बोरामा राखेर लैजादै गर्दा पक्राउ गरेको उनको भनाई छ । बरामद गरिएको दुईवटा जंगली बँदेल बाँके राष्ट्रिय निकुञ्जमा छाड्ने तयारी भइरहेको छ । पक्राउ परेका जिप सहित दुई जनालाई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय देउखुरीको हिरासत घोराहीमा राखिएको छ । पक्राउ गरेका व्यक्ति माथि थप अनुसन्धान भैरहेको डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ ।।

Next Post

बाराक ओबामालाई बेलायतका लागि राजदूत बनाउने बाइडेनको तयारी

२५ कार्तिक २०७७, मंगलवार १७:५०
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति बाराक ओबामालाई महत्वपूर्ण कुटनीतिक जिम्मेवारी दिने तयारी गरेका छन् ।ओबामाको कार्यकालमा उपराष्ट्रपति रहेका बाइडेनले ओबामालाई बेलायतका लागि राजदूतमा नियुक्त गर्न लागेको बेलायती अखबार द एक्प्रेसले जनाएको छ । राष्ट्रपतीय जिम्मेवारी लिने वित्तिकै ओबामालाई बेलायतका लागि राजदूत नियुक्त गर्ने बाइडेनको योजना रहेको समाचारमा […]