नेकपा सचिवालय बैठक सकियो, भोलि स्थायी कमिटी बैठक बस्ने

  ।   २० मंसिर २०७७, शनिबार १७:१८

मंसिर २०, काठमाडौ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सम्पन्न बैठकले अध्यक्षद्वयका बैठकमा प्रस्तुत भएका प्रस्ताव स्थायी कमिटी बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

ठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले आजको बैठकमा अध्यक्षद्वयका प्रस्तावमा छलफल भएको र सचिवालयमा प्रस्तुत प्रस्तावलाई छलफलका लागि स्थायी कमिटी बैठकमा लैजाने निर्णय भएको जानकारी दिए । त्यस्तै सहमति कायम गर्नका लागि आवश्यक परेमा स्थायी कमिटीको बैठककै समयमा पनि छलफललाई निरन्तरता दिने निर्णय भएको श्रेष्ठको भनाइ छ ।

सचिवालय बैठकले पूर्व निर्धारित समयअनुसार भोलि दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । ओली अनुपस्थित भएको मंसिर १७ गतेको सचिवालय बैठकले भोलि स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । यसअघि नै मंसिर २५ गते केन्द्रीय कमिटी बैठक तय भएको छ ।

Next Post

यस्तो रहेछ आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री न आउनुको कारण

२० मंसिर २०७७, शनिबार १७:१८
काठमाडौं, मंसिर २१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्र नै पठाएर स्थायी कमिटीमा नआउने जानकारी दिएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आजबाट सुरु भएको स्थायी कमिटी बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष ओलीको पत्र बाचन गरेर सुनाएका थिए। प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार […]