आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित

  ।   १० मंसिर २०७७, बुधबार १९:४८

मंसिर १०, काठमाडौ ।

सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो।

‘निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन भएको छ,’ बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले भने,’कोभिडका कारण अर्को मिति नतोकिएसम्मका लागि निर्वाचन स्थगन भएको हो।’
त्यसअघि सरकारले गत असोज २४ गते हुने तय गरे तापनि कोभिड सङ्क्रमणको जोखिमका कारण मङ्सिरलाई सारिएको थियो। ट्रेड युनियनको निर्वाचन त्यसअघि गत जेठ १९ गते हुनुपर्ने थियो। कोरोना भाइरसको जोखिमका कारण निर्वाचन स्थगन हुँदै आएको छ। #सेतोपाटी

Next Post

पूर्वयुवराज पारस शाह अस्वस्थ

१० मंसिर २०७७, बुधबार १९:४८
मंसिर ११, चितवन । पूर्वयूवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन्। नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या देखिएको हो। शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ। रेग्मीका अनुसार, उनलाई होटलमै इसिजी गरिँदै […]