पेट्रोल छर्केर आत्मदाह प्रयास किन गरे गणेशले ?

  ।   २६ असार २०८३, शुक्रबार ०८:२९

मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश केही वर्षयता काठमाडौंमा बस्दै आएका थिए गणेश नेपालीले काठमाडौंमा मोटरसाइकलमा ह्विल लक लगाइएको र जरिवाना तिर्नुपर्ने दबाबपछि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका हुन्। आर्थिक समस्यासँगै बारम्बार जरिवाना तिर्नुपर्ने अवस्थाले मानसिक तनाव बढेको परिवारजनले बताएका छन्।
घटना पछि उनको अवस्था गम्भीर रहेको र उपचार खर्च जुटाउन समेत परिवारलाई समस्या परेको छ। घटना हुदा उनका दाजु मदन नेपाली बालाजु हाइटमा रहेको डेरामै थिए । , नेपाल प्रहरीका एक प्रतिनिधि घटना बारे जानाकाइ दिदै फोन गरेर खबर सुनाए, त्यो मदनले पत्याउने खालको थिएन । साढे २ बजे उनलाई फोन आएको थियो । ३ बजे त उनी वीर अस्पताल पुगिसकेका थिए । उनी नपुग्दै उनका २६ वर्षीय भाइ गणेश नेपालीलाई इमर्जेन्सी वार्डमा लगिसकिएको थियो । वीर अस्पताल परिसरमा रहेका उनले सुनाए, ‘म त अक्क न बक्क भएँ यहाँ आएर पो सबै कुरा थाह पाएँ उन्ल भने ।’

गणेश नेपाली राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । श्रीमती र झन्डै तीन वर्षकी छोरीसहित भक्तपुरमा डेरा गरी बस्ने गणेश बुधबार भने दाइकै डेरामा पुगेका थिए । मदनले सुनाए, ‘बिहानै ५ बजे राइड गर्न भनेर निस्केको थियो एक्कासी यस्तो खबर आयो उनले भने ।

गणेशका दाइ मदनका अनुसार उनी वैदेशिक रोजगारीमा दुबई जान सकिन्छ कि भनेर प्रयास गरिरहेका थिए र लोकसेवाको तयारी पनि सँगसँगै गरिरहेका थिए ।

हतारिँदै वीरमा पुग्दा भाइको अवस्था हेर्न सकिने नभएको मदनले बताए । उनले इमर्जेन्सीमा रहेका बेला भाइसँग २-४ कुरा भएको भने सुनाए । उनले भने, ‘बाबा-मम्मीलाई केयर गर्नु भन्यो । अनि यो सबै महानगरले गर्दा हो भन्यो । यति भनेपछि भाइको बोली हरायो ।’

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार नेपालीले राहदानी विभागअगाडि मोटरसाइकल पार्किङ गरेका थिए र त्यसमा महानगर प्रहरीले ह्विल लक लगाइदिएको थियो । आफ्नो बाइकमा ह्विल लक लगाएको भन्दै उनले बाइकबाटै पेट्रोल निकालेर शरीरमा आगो लगाएका हुन् । घिमिरेले भने, ‘घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍यायो ।’

यो घटना कसरी भयो भन्ने बारे काठमाडौं महानगरपालिकाका नगर प्रहरी विष्णुप्रसाद जोशीका अनुसार घटना भएपछि त्यहाँ खटिएका प्रहरीसँग आफूले घटनाबारे बुझेको बताउँदै भने, ‘सार्वजनिक आवागमनमा अवरोध भयो भने वा फुटपाथमा अवरोध भयो भने हामीले ह्विल लक लगाउँछौं । त्यहाँ पनि महानगर प्रहरीले ह्विल लक लगाए । तर उनले जरिवाना नतिर्ने बताएपछि मोटरसाइकल उठाउन गाडी पुगेका बेला त्यस्तो घटना भयो ।’ जोशीका अनुसार ह्विल लक गरेको २ घन्टापछि गणेशले ‘जरिवाना तिर्दिनँ, जहाँसुकै लैजानुस’ भनेर भनेका थिए । त्यसपछि त्यहाँ खटिएका प्रहरीको खबरपछि नगर प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली गाडी लिएर सवारी उठाउन पुगेको थियो जोशीले भने । हाम्रा प्रहरीहरू गाडी अगाडि थिए उनीहरूले अरू काम गरिरहेका बेला गणेशले मोटरसाइकलबाट पेट्रोल निकालेर आफैंमाथि छर्केर आगो लगाएछन् भन्ने सुन्यौं । तर हाम्रा जवानहरूले त्यो कुरा केही बेर पछि मात्रै देखे उनले भने .

Next Post

गणेश नेपालीको आत्मदाह र निधन घटनाको छानबिन गर्न माग

२६ असार २०८३, शुक्रबार ०८:२९
प्रतिनिधिसभाका सांसदहरूले सरकारसँग गणेश नेपालीको आत्मदाहको प्रयास र उनको निधनका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेका छन् । सांसद वासना थापाले मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार गरेको आत्मदाह प्रयासमा सरकार किन मौन भनी प्रश्न गरेकी थिइन् । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका सांसदहरूले उठेर विरोध […]