मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

  ।   २८ भाद्र २०८३, आईतवार ०९:०७

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सुर्खेतकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

भाद्र २७ गते बिहान लेकवेशी नगरपालिका–१० झुप्रास्थित सडकमा भे ६ प ४७३ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी वीरेन्द्रनगर नगरपालिका–१० बरीपाटीकी ५५ वर्षीया आशा बुढालाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते बुढालाई उपचारका लागि नेपालगन्ज लगिएको थियो। उनको भाद्र २८ गते बिहान उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक लेकवेशी नगरपालिका–९ का १७ वर्षीय मनोज आचार्य र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Next Post

अटोको ठक्करबाट धनगढीमा १४ वर्षीय बालकको मृत्यु

२८ भाद्र २०८३, आईतवार ०९:०७
कैलालीको धनगढीमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा १४ वर्षीय बालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालकसहित दुई जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा आइतबार दिउँसो करिब ३ः५० बजे दुर्घटना भएको हो । चौराहाबाट भन्सारतर्फ जाँदै गरेको से १ प ५९५९ नम्बरको मोटरसाइकललाई बाटो क्रस गर्ने क्रममा से […]

सम्बन्धित