सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

  ।   १२ बैशाख २०७८, आईतवार १९:०३

१२ वैशाख, काठमाडौं ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।

यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भिडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सीसीएमसीले सबै परीक्षा रोक्ने निर्णय गरेको स्रोतको भनाइ छ ।

Next Post

२४ घण्टामा ३१ सय २२ संक्रमित थपिए : २८ जनाको मृत्यु

१२ बैशाख २०७८, आईतवार १९:०३
बैशाख १२ काठमाडौ । पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पीसीआर परीक्षण र एन्टिजेन परीक्षणमा तीन हजार बढीमा संक्रमण पुष्टि भएको हो । ९ हजार २९२ जनाको पीसीआर परीक्षाण […]